२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

हामी तत्काल वाम एकता गर्नेतिर छैनौं : प्रचण्ड

हामी तत्काल वाम एकता गर्नेतिर छैनौं : प्रचण्ड

शुक्रबार, असार १४ २०८१
  • images
    images
    हामी तत्काल वाम एकता गर्नेतिर छैनौं : प्रचण्ड
    File Photo

    काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले माओवादी केन्द्र पार्टी एकता तथा वाम एकतातिर नलागेको स्पष्ट पारेका छन्।


    images

    शुक्रबार चितवनमा पत्रकारहरूसँग कुरकानी गर्दै चितवनका दुध किसानले भुक्तानी नपाएको र केराको बीमा पनि अघिल्लो वर्षदेखि नै बाँकी रहेको भन्ने प्रश्नमा जबाफ दिँदै उक्त कुरा बताएका हुन्। 

    'हामी तत्काल हतारमा पार्टी र वाम एकता गर्नेतिर छैनौं,' उनले भने, 'अहिले राजनीतिक स्थिरता, लोकतन्त्रो सुदृढीकरणको लागि सतर्कताको साथ अगाडि बढिरहेका छौं।'

    यस्तै, संसदमा प्रधानमन्त्रीले मन्त्रीहरूको कामप्रति असन्तुष्ट व्यक्त गरेको प्रसंगमा मन्त्रालयहरूका आआफ्ना जटिलता भएको उनको भनाइ छ। 'मन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशन नमानेको भन्ने होइन तर जति गति दिनुपर्ने थियो त्यो दिइएको छैन,' उनले भने, 'जनताले अनुभूत गर्नुपर्ने गरी काम हुनुपर्यो।'

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार