२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

दैलेखमा जिप दुर्घटना, ९ जना घाइते

दैलेखमा जिप दुर्घटना, ९ जना घाइते

शुक्रबार, असार १४ २०८१
  • images
    images
    दैलेखमा जिप दुर्घटना, ९ जना घाइते

    काठमाडौं । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।


    images

    दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ७८७ नम्बरको जिप शुक्रबार दिउँसो साढे २ बजेतिर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी नौमुले गाउँपालिका-३ का २१ वर्षीय खगीराम पुन मगर, नौमुले-५ का २८ वर्षीय भक्तबहादुर थापा, नौमुले-८ चौराठाका ७० वर्षीया सावित्रा केसी, नौमुले-६ का ४० वर्षीया देउकली मगर घाइते भएका छन् ।

    यस्तै, नारायण नगरपालिका-४ कि शान्ता खड्का, उनकी ७ वर्षीया छोरी रियासा खड्का, नारायण-४ कै ४१ वर्षीय बस्तीराम नेपाली, उनका ८ वर्षका छोरा पारस नेपाली र बर्दियाको बाँसगढी नगरपालिका-५ की १७ वर्षिया निसा जैसी घाइते भएका छन् ।

    दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार जिप एक्कासी अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल पठाएको डिएसपी दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार