२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अनुशासन भंग गरेको भन्दै रास्वपाले सोध्यो महामन्त्रीलाई स्पष्टीकरण

अनुशासन भंग गरेको भन्दै रास्वपाले सोध्यो महामन्त्रीलाई स्पष्टीकरण

शुक्रबार, असार १४ २०८१
  • images
    images
    अनुशासन भंग गरेको भन्दै रास्वपाले सोध्यो महामन्त्रीलाई स्पष्टीकरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको निर्र्देशनमा अनुसशान समितिले उनलाई प्रष्टिकरण सोधेको छ।


    images

    ढकालले ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन बुधबार सभापति लामिछानेलाई बुझाएका थिए।

    प्रतिवेदनमा पार्टी गतल ढंगले अघि बढेको र यस्तै अवस्था रहे आउँदो चुनावसम्म राष्ट्रिय पार्टीसमेत नबन्ने दाबी ढकालले प्रतिवेदनमा गरेका छन्। 

    विशेष गरी सभापति लामिछानको कार्यशैलीका कारण पार्टी समस्यामा परेको उल्लेख गरेका छन्। प्रतिवेदन बुझाउनु अघि नै ढकालले त्यसमा भएका विषयवस्तु सार्वजनिक गरेका थिए।

    त्यसलाई अनुशासनसँग जोडेर उनलाई प्रष्टिकरण सोधिएको एक नेताले जानकारी दिए। ढकाललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा रास्वपाभित्र दुई धार छ। एउटा पंक्ति उनलाई कारबाही गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष वास्तविक कुरा ल्याएकाले उनलाई कारबाही गर्न नहुने अडानमा छ।

    रास्वपाले बुधबार ढकालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार