२०८३, कात्तिक ६ गते

बिहीबार , कात्तिक ६ गते २०८३

बिहीबार , कात्तिक ६ गते २०८३

भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

साझा पोष्ट
बुधबार, साउन १६ २०८१
  • images
    images
    भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

    टक्सार (भोजपुर)। अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्।


    images

    भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो। 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गएरातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन्।

    बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन्।

    बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ। सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ। बेपत्ता भएकाको खोजी जारी छ।

    प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ। -रासस

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार