२०८३, कात्तिक ३ गते

सोमबार, कात्तिक ३ गते २०८३

सोमबार, कात्तिक ३ गते २०८३

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद

साझा पोष्ट
सोमबार, कात्तिक ३ २०८३
  • images
    images
    सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद

    काठमाडौं,कात्तिक २ ।  सुनसरीमा प्रहरीले एम्बुलेन्समाबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ।  


    images

    सुनसरीको दुहबीमा एम्बुलेन्स प्रयोग गरी ओसारपसार भइरहेको अवस्थामा ५७४ किलोभन्दा बढी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खोजतलास गर्ने क्रममा दुहबी–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।

     

    ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स एम्बुलेन्समा ५७४।८७ किलो लागूऔषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।

     

    प्रहरीले गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार