२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

दशैँको रौनकः टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

दशैँको रौनकः टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

साझा पोष्ट
बुधबार, कात्तिक ५ २०८३
  • images
    images
    दशैँको रौनकः टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

    काठमाडौं,कात्तिक ४ ।नेपालीहरूको महान चाड दशैँको मुख्य दिन आज देशभर टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ । 
    धर्ती छोड्नुपर्छ भन्ने प्राचीन धार्मिक र सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै सर्वसाधारणले सार्वजनिक स्थल र गाउँघरमा सामूहिक रूपमा पिङ खेलेर खुशी साटिरहेका छन् । दशैँको अवसरमा लिङ्गे पिङ खेल्ने संस्कृति नेपाली जनजीवनको अभिन्न अंग मानिन्छ । ‘दशैँको टीकाको दिन एक पटक भएपनि धर्ती छोड्नुपर्छ’ भन्ने पुरानो कथनलाई मानिसहरूले आजको दिनमा पनि उत्तिकै श्रद्धाका साथ पछ्याउने गरेका छन् ।


    images

    विशेषगरी गाउँघरमा बाँसका लामा लिङ्गा गाडेर बनाइएका पिङहरूमा आज टीका र जमरा लगाइसकेपछि मानिसहरूको घुइँचो लाग्ने गर्दछ । आधुनिकता र प्रविधिको विकाससँगै शहरिया जीवनशैलीमा यस्ता परम्परागत पिङहरू केही लोप हुँदै गएको भएपनि सांस्कृतिक संरक्षणका लागि विभिन्न स्थानमा पिङहरू निर्माण गरिएका छन् । लिङ्गे पिङ केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक मेलमिलाप र आपसी सद्भाव बढाउने माध्यम पनि बनेको छ ।

    धर्मशास्त्रकाअनुसार दशैँको समयमा गरिने यस्ता क्रियाकलापले सकारात्मक ऊर्जाको सञ्चार गर्ने र वर्षभरिको थकान मेट्ने विश्वास गरिन्छ । विशेषगरी युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका मानिसहरू पिङ खेल्न उत्साहित देखिन्छन् । टीका ग्रहण गरेपछि मान्यजनको आशिर्वाद लिँदै र पिङको मज्जा लिँदै नेपालीहरूले आफ्नो परम्परागत र सांस्कृतिक पहिचानलाई जोगाइरहेका छन् । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार