२०८३, कात्तिक ६ गते

बिहीबार , कात्तिक ६ गते २०८३

बिहीबार , कात्तिक ६ गते २०८३

धरानमा १ हजार ४ सय २० किलो गाँजा बरामद, दुई जना पक्राउ

धरानमा १ हजार ४ सय २० किलो गाँजा बरामद, दुई जना पक्राउ

साझा पोष्ट
बिहीबार , भदौ ६ २०८१
  • images
    images
    धरानमा १ हजार ४ सय २० किलो गाँजा बरामद, दुई जना पक्राउ

    काठमाडौं ।  प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ ।धनकुटाबाट धरानका लागि छुटेको ट्रकमा एक हजार ४२० किलो गाँजा फेला पारेको हो । 


    images

     बिहान करिब ९ बजे मुला लोड भएको को १ ख ४७३३ ट्रकमा ४४ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । 

    गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले  जानकारी दिएको छ ।

    प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो । गाँजा भारत पुर्‍याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार