२०८३, कात्तिक ६ गते

बिहीबार , कात्तिक ६ गते २०८३

बिहीबार , कात्तिक ६ गते २०८३

नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला

नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला

साझा पोष्ट
बिहीबार , कात्तिक ८ २०८१
  • images
    images
    नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला

    खोटाङ ।  अमेरिका  गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 


    images

    वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । 

    गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको  पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले राससलाई बताए ।

    वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुन् । -रासस

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार