काठमाडौं । ताप्लेजुडको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन् । ३ सय ५३ मतसहित उनी विजयी भएकी हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्बि साउदेन २ सय ५१ मत प्राप्त गरे । कांग्रेसका भीम लक्सम्बा लिम्बू २ सय १८ मत प्राप्त गरे ।
कुमारी साउदेन अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् ।तर यो पटक सहज रुपमा विजयी भईन् ।




