२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

झापामा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

झापामा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

साझा पोष्ट
सोमबार, पुस १ २०८१
  • images
    images
    झापामा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    भद्रपुर । झापाको दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।


    images

    उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।

    यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको चन्दले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-रासस

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार