२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

अमेरिकाको न्यूयोर्कमा 'नेपाल डे परेड' सम्पन्न

अमेरिकाको न्यूयोर्कमा 'नेपाल डे परेड' सम्पन्न

साझा पोष्ट
सोमबार, जेठ ५ २०८२
  • images
    images
    अमेरिकाको न्यूयोर्कमा 'नेपाल डे परेड' सम्पन्न

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा 'नेपाल डे परेड' सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर पञ्चेबाजा, भजन र नेपाली राष्ट्रीय गीतले गुञ्जायमान भयो ।
    पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका व्यानरसहित नेपाली र नेपाली अमेरिकीको उपस्थिति थियो । 
    गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । परेडका लागि नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले सहकार्य गरेको थियो ।नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।
    न्यूयोर्क शहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
    नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन शहरलाई नेपालमय बनाएको थियो । नेपाली पोशाक, झण्डा र व्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरुले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रीय भाव प्रकट गरेका थिए । 


    images


    नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको बाक्लो उपस्थिति रहेको परेडमा नेपालको पर्यटकीय गन्तव्यसहित, सगरमाथा, लुम्बिनी, जनकपुर एवं पशुपतिनाथको व्यानर प्रदर्शन गरिएको थियो । स्थानीय एवं पर्यटकहरुले निकै चासो साथ नियालेको परेडमा हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि दिइएको थियो ।

    छिरिङ शेर्पाको अध्यक्षता, पत्रकार, मोडल एवं म्यूजिक भिडियो डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाले सञ्चालन गरेको कार्यक्रमममा मनिता गुरुङले कन्भेनरको भूमिका निर्वाह गरेका थिए ।   परेडमा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुति दिएका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार