२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ ५ हिस्सेदारी, विश्व बजारमा विस्तार गरिने

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ ५ हिस्सेदारी, विश्व बजारमा विस्तार गरिने

साझा पोष्ट
शुक्रबार, भदौ १३ २०८२
  • images
    images
    हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ ५ हिस्सेदारी, विश्व बजारमा विस्तार गरिने

    काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।


    images

    काठमाडौंमा एक समारोहबीच एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गरे  ।

    नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने र प्रवद्र्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गरे । , “हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो ।” पाँडेले भने ।

    हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको बताए । । “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं”, उनले भने । 

    यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य  हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्नु रहेको बताइएो छ ।  जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ ।

    सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको Gallery by Himalayan Java आउटलेटहरु सञ्चालन गर्दै आइरहेको छ ।

    यस लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसरको सम्भावना बढाउने विश्वास लिइएको छ । यसका साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार