२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

काठमाडौंको कोटेश्वरमा खुल्याे ‘क्रिकेट घर’

काठमाडौंको कोटेश्वरमा खुल्याे ‘क्रिकेट घर’

साझा पोष्ट
आइतबार, असोज ४ २०८३
  • images
    images
    काठमाडौंको कोटेश्वरमा खुल्याे ‘क्रिकेट घर’

    काठमाडौं, असोज ४  । नेपाली क्रिकेटप्रेमी तथा खेलाडीका लागि काठमाडौंको कोटेश्वरमा नयाँ प्रिमियम क्रिकेट स्टोर ‘क्रिकेट घर’ सञ्चालनमा आएको छ । 
    क्रिकेट घरको एक कार्यक्रमकाबिच नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी तथा नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले उद्घाटन गरे । 
    ‘क्रिकेट घर’ले सुरुवाती तहदेखि एलिट खेलाडीसम्मका लागि अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय क्रिकेट सामग्री एकै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ।
    क्रिकेटप्रेमी व्यवसायी तथा चार्टर्ड एकाउन्टेन्टहरूको पहलमा स्थापना भएको क्रिकेट घरका सह–संस्थापकमा कल्पित ढकाल, मनिष नेपाल, रञ्जित अधिकारी, मनोज के.सी. र बिष्णु पोखरेल छन्।
    स्टोरमा कश्मीर विलो तथा इंग्लिश विलो ब्याट, क्रिकेट बल, प्याड, ग्लोभ्स, हेल्मेट, पूर्ण क्रिकेट किट तथा युवा खेलाडीका लागि किड्स क्रिकेट सेट लगायतका सामग्री उपलब्ध हुनेछन् । 


    images

    क्रिकेट घरले व्यापारसँगै नेपाली क्रिकेटको विकासमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। Royal Sports मा आयोजना हुने Corporate Cricket League को आधिकारिक स्पोन्सरका रूपमा समेत क्रिकेट घर जोडिएको छ।क्रिकेट घरका संस्थापकहरुले आफूहरु केवल सामग्री बेच्न मात्र होइन, नेपाली क्रिकेटको घर बनाउन आएको बताएका छन् । 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार