२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

'नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक एक्स्पो' सम्पन्नः २७ हजारले गरे अवलोकन

'नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक एक्स्पो' सम्पन्नः २७ हजारले गरे अवलोकन

साझा पोष्ट
सोमबार, भदौ १६ २०८२
  • images
    images
    'नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक एक्स्पो' सम्पन्नः २७ हजारले गरे अवलोकन

    काठमाडौं  । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ।


    images

    गत शुक्रबारबाट सुरु भएको प्रदर्शनी आइतबार सम्पन्न भएको हो। प्रदर्शनीको आइतबार दिउँसोसम्म २७ हजार बढीले अवलोकन गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए।

    प्रदर्शनीमा नेपालसहित विभिन्न देशका १ सय ५० भन्दा बढी स्टलहरु राखिएका थिए। बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पु¥याउने र ऊर्जा व्यवसायलाई सबल बनाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको प्रबन्ध निर्देशक भट्टराईले बताए।

    उनले देशबाहिरका कम्पनीहरुले समेत नेपालमा पाउर सेक्टरको राम्रो सम्भावना रहेको सन्देश बोकेर फर्किएको बताए। उनले अगामी वर्षहरुमा हुने प्रदर्शनीमा अझै गुणस्तरीय र एडभान्स सामग्रिसहित नेपाल आउने आश्वासनसमेत विदेशी कम्पनीहरुले दिएर गएको उल्लेख गरे।

    प्रदर्शनीमा स्टिलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नविनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री राखिएको थियो।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार