२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

नेपालको डिजिटल प्रविधिलाई साथ दिन महावाणिज्य दुतावास न्यूयोर्कको आग्रह

नेपालको डिजिटल प्रविधिलाई साथ दिन महावाणिज्य दुतावास न्यूयोर्कको आग्रह

साझा पोष्ट
सोमबार, भदौ १६ २०८२
  • images
    images
    नेपालको डिजिटल प्रविधिलाई साथ दिन महावाणिज्य दुतावास न्यूयोर्कको आग्रह

    न्यूयोर्क । नेपालको डिजिटल प्रविधिलाई थप विकसित गर्न नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले प्रविधि विज्ञ तथा डायस्पोराका सदस्यहरुसँग छलफल गरेको छ ।  


    images

    महावाणिज्य दूतावासले जेनेस सोलुसनसँगको सहकार्यमा “टेक फर्वार्ड – युनाइटिङ डायस्पोरा ट्यालेन्ट टु पावर नेपाल्स डिजिटल लिप” शीर्षकमा भर्चुअल प्रविधि कार्यक्रम गरेको हो । महावाणिज्य दूतावास र अमेरिकाको पूर्वी तटमा रहेका नेपाली प्रविधि–नवप्रवर्तकबीच सहकार्य र बलियो सञ्जाल निर्माण गर्ने उद्देश्यले कार्यक्रम गरिएको दुतावासले जनाएको छ ।  

    कार्यक्रममा न्युयोर्क तथा अमेरिकाको पूर्वी तटका आठवटा राज्यमा बसोबास गर्ने नेपाली डायस्पोराका सदस्यहरू साथै विश्वका विभिन्न भागका प्रविधि–रुचि राख्ने व्यक्तिहरूको सहभागिता थियो ।  

    अमेरिकामा प्रविधि र नवप्रवर्तन क्षेत्रमा कार्यरत नेपाली डायस्पोरासँगको पहुँच विस्तार गर्ने उद्देश्यले दूतावासले कार्यक्रम आयोजना गरेको महावाणिज्य दुत दधिराम भण्डारीले जानकारी दिए । भण्डारीले खुला संवादको सम्भावना, सहकार्यात्मक सहभागिता प्रवद्र्धन गर्ने प्रयास तथा भविष्यमा नेपाललाई डिजिटल प्रविधिको उच्चतम विकास तर्फ अघि बढाउन दूतावास र नेपाली प्रविधि डायस्पोराबीच सहकार्यमा आधारित प्रविधि तथा नवप्रवर्तनको आधार तय गर्ने विषयमा महावाणिज्य दुतावास लागि परेको बताए ।

    कार्यक्रममा महावाणिज्य दुत भण्डारीले हालै पारित गरिएको राष्ट्रिय ए आई नीति २०२५ र डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा लगायतका सरकारी नीतिहरूको मुख्य बुँदाहरू प्रस्तुत गरेका थिए । उनले नेपाललाई उदाउँदो प्रविधि–केन्द्रको रूपमा प्रस्तुत गर्न र ब्रान्डिङ गर्न सहयोगका लागि अपिल समेत गरे ।

    कार्यक्रममा क्रस रिभर बैंकमा प्रवेश रिजाल,  फ्युज मेसिन्सका अनिश जोशी र ग्रो बाई डेटाका प्रसन्न ढुङ्गेल प्यानलिष्ट थिए । उनीहरुले फिनटेक, एआई, शिक्षा, स्वास्थ्यसहित अन्य क्षेत्रमा नेपाल कसरी अघि बढ्न सक्छ भन्नेबारे प्रकाश पारेका थिए । प्यानलले नेपालका सूचना प्रविधि क्षेत्रका सम्भावना र चुनौतीहरूबारे छलफल गरेको थियो । उनीहरुले नेपालमा लगानी सहजता र अनुकूल वातावरण आवश्यक रहेकोमा जोड दिए ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार