२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

'टिक्मो (Tiqmo)मार्फत् आइएमई गरौं, उपहार जितौं' याेजना सार्वजनिक

'टिक्मो (Tiqmo)मार्फत् आइएमई गरौं, उपहार जितौं' याेजना सार्वजनिक

साझा पोष्ट
सोमबार, पुस २८ २०८२
  • images
    images
    'टिक्मो (Tiqmo)मार्फत् आइएमई गरौं, उपहार जितौं' याेजना सार्वजनिक

    काठमाडौं । आइएमई लिमिटेडले साउदी अरबमा रहेका नेपालीका लागि ‘टिक्मो (Tiqmo) मार्फत आइएमई गरौ, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ।


    images

    यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले ‘टिक्मो’ एप प्रयोग गरी आइएमई मार्फत नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्। पौष २१ गतेदेखि सुरु भएको यो अभियान चैत्र १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

    वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीले आफूले कमाएको पैसा सुरक्षित रूपमा नेपाल पठाउन डिजिटल प्रविधिको प्रयोग बढाउने र उपहार पनि जित्ने अवसर प्रदान गर्न यो योजना ल्याइएको हो। टिक्मो साउदी अरेबियामा लोकप्रिय डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि प्रयोग गरिन्छ।

    यस्ता छन उपहार 

    कम्पनीका अनुसार यो योजनामा सहभागी भई रेमिटेन्स पठाउनेमध्येबाट ‘मेगा पुरस्कार’ अन्तर्गत एक जना भाग्यशाली विजेताले ‘बीवाइडी अट्टो १’ प्राप्त गर्नेछन्।

    त्यस्तै, मासिक रूपमा दुई जना भाग्यशाली विजेताले ‘याडिया ओविन’ स्कुटर जित्नेछन् भने साप्ताहिक विजेता अन्तर्गत १२ जना भाग्यशाली विजेताले ‘आइफोन १७’ जित्न सक्नेछन्।


    टिक्मोको यो उत्सवमा सामेल भई कुल १५ जना भाग्यशाली व्यक्ति लाभान्वित हुनेछन्। विजेताको छनोट पारदर्शी डिजिटल लक्की ड्रमार्फत गरिने कम्पनीले स्पष्ट पारेको छ।

     

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार