काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् । उनी ८ हजार ४ सय ९२ मतान्तरसहित विजयी भएका हुन् ।
साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । धरान उप महानगरको मेयरबाट राजीनामा दिएर साम्पाङ प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।
सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् । साम्पाङले जेन्जी आन्दोलन पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए ।


