२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

शेरबहादुर तामाङमाथि खनिए गोकुल बास्कोटा, लगाए यस्ता आरोप

शेरबहादुर तामाङमाथि खनिए गोकुल बास्कोटा, लगाए यस्ता आरोप

साझा पोष्ट
शनिबार, फागुन ३० २०८२
  • images
    images
    शेरबहादुर तामाङमाथि खनिए गोकुल बास्कोटा, लगाए यस्ता आरोप

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटा पार्टीका अर्का नेता शेरबहादुर तामाङमाथि खनिएका छन् ।


    images

    सामाजिक सञ्जालमार्फत बास्कोटाले तामाङविरुद्ध आक्रोश पोख्र्द २०३८ सालदेखिकै इतिहास पुनरावलोकन गर्न सुझाव चुनौती दिएका छन् । 

    बास्कोटाले लेखेका छन्, ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइलागेछन् । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटकपटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । २०३८ यताका इतिहास हेरौँ न ।’


    नेता शेरबहादुर तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्ने नैतिकता नहुने भन्दै एमाले नेतृत्वको आलोचनामा जवाफ दिँदा बास्कोटाले तामाङलाई जवाफ फर्काएका हुन् । तामाङ सिन्धुपाल्चोकका हुन् र बास्कोटा काभ्रेका । दुवै पूर्वमन्त्री हुन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार