काठमाडौं । सरकारले अबदेखि कर्मचारीहरूलाई १५\१५ दिनमा तलबभत्ता उपलब्ध दिने भएको छ ।
अर्थ मन्त्रालयले १५ दिनमा तलब दिने निर्णय गरेको हो ।
गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरेको छ ।
अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न अर्थमन्त्री स्तरीय निर्णय गर्दै नयाँ व्यवस्था लागू गरिएको मन्त्रालयका सहसचिव डा.सुमन दाहालले जानकारी दिए ।



