२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

खगेन्द्र सुनारलाई आईजीपी दानबहादुर कार्कीले दिए मुखभरिको जवाफ (भिडियो)

खगेन्द्र सुनारलाई आईजीपी दानबहादुर कार्कीले दिए मुखभरिको जवाफ (भिडियो)

लेखा समितिमा भने : कस्तो मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ ?

साझा पोष्ट
बुधबार, साउन २७ २०८३
  • images
    images
    खगेन्द्र सुनारलाई आईजीपी दानबहादुर कार्कीले दिए मुखभरिको जवाफ (भिडियो)

    काठमाडौं,साउन २७ । सत्तारुढ दल रास्वपा सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा अनियमितताको गम्भिर आरोप लगाएपछि आईजीपी दानबहादुर कार्कीले कडा जवाफ फर्काएका छन् ।


    images

    सुनारले नेपाल प्रहरीको पोशाक खरिद अनियमिततामा भएको भन्दै कार्कीलाई जिम्मेवारीबाट हटाएर छानबिन थाल्नुपर्ने बताएपछि कार्कीले मुखभरीको जवाफ दिएका हुन् । 

    सुनारलाई जवाफ फर्काउँदै कार्कीले सुनारका कुरा सुन्दा ‘पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट शाषित हुँदै छौँ’ कि भन्ने चिन्ता लागेको टिप्पणी गरे ।

    निष्ठापूर्ण काम गरिरहेको मान्छेलाई संसदीय समितिमा ल्याएर जे मन लाग्यो त्यो भन्नु उचित नभएको उनले गुनासो पोखे । उनले सुनारको नामै नलिई आफूलाई दुधले नुहाएको नसम्झिन चेतावनी दिए । 

    यस्तो छ कार्कीको जवाफ: 

    प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मीठो कुरा गरेको यहाँ सुन्न पाइयो । घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेको बीचमा बडा दूधले नुहाएका कुरा सुनिन्छ। हैन भने आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई ल्याएर, यहाँ ल्याएर जथाभाबी भन्या छ। जे मन लाग्यो त्यही भन्नु त उचित होइन होला। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि ?

    सजिलो चाहिँ गालीगलौज गर्ने रहेछ मञ्चमा बसेर । त्यो सिक्न पाए हुन्थ्यो। यो हुर्मत लिने किसिमको यो परिस्थिति एउटा यो सभ्यताको हिसाबले पनि, संसदीय कुराले पनि त्यति मजाको चाहिँ लागेन। उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठीक छ। तर त्यसका पनि व्यवस्थित तरिकाहरू छन् संसदीय अभ्यासका कुराहरू भित्र पनि। हामी प्रहरी मात्रै होइन, हामी मुलुककै प्रतिपक्ष पनि होइन ।

    ">

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार