काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी स्थानीय चुनावका लागि धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् । ‘आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो,’ उनले लेखेका छन् ।
धनबहादुर एमाले छोडेर श्रम संस्कृति पार्टीमा आएका हुन् । धरानको ४ नम्बर वडामा एमालेबाट वडाध्यक्ष जितेका उनी साम्पाङसँग नजिकिए साम्पाङले चलाएको श्रमदानमा सहभागी भएपछि पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको थियो ।
धरान उपमेयरको मेयरमा यसअघि स्वतन्त्र उठेर जितेका साम्पाङले आफ्नो लिगेसीलाई निरन्तरता दिन चाहेका छन् ।
उनले लेखेका छन्, ‘मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब। राई नै देखेँ ! ’


