२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको घोषणा, विष्णु र शंकरलाई दायाँबायाँ राखेर भने–झोला फालेर भाग्दिनँ

नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको घोषणा, विष्णु र शंकरलाई दायाँबायाँ राखेर भने–झोला फालेर भाग्दिनँ

साझा पोष्ट
बुधबार, जेठ २० २०८३
  • images
    images
    नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको घोषणा, विष्णु र शंकरलाई दायाँबायाँ राखेर भने–झोला फालेर भाग्दिनँ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् । राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रम मार्फत ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् । 


    images

    ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने ।
    पार्टी पूनर्गठन गर्नुपर्ने र ओलीले नेतृत्व छोड्नु पर्ने आवाज एमालेमा उठिरहे पनि ओलीले सार्वजनिकरुपमै त्यसलाई अस्वीकार गरेका हुन् । 

    पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीले बताए । आफूले छोड्नु पर्ने अवस्था आए मात्रै छोड्ने अरुले भनेर नछोड्ने ओलीले स्पष्ट पारे । ‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भने, ‘ म अप्ठ्यारा परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउनेछु, पार्टीलाई सफलतामा पुर्याउनेछु। त्यसपछिविश्राम लिनुपर्ने अवस्था आएमा, पार्टीका आफ्नै विधान, विधि र प्रक्रियाअनुसार विश्राम लिने स्थिति बन्नसक्छ । पार्टीलाई, आन्दोलनलाई देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प मेरो यथावत छ ।’ 

    उनले आफू स्वस्थ पनि रहेको बताए । 

    उनले अगाडि भने, 'कतिपयले अनेक कुरा भनेको धेरै भइसक्यो ।  ‘सिधियो, सिधियो’ भनेको पनि धेरै भइसक्यो। के–के भनेको पनि धेरै भइसक्यो। अलिकति टाउको दुख्यो भने पनि, टाउको दुखेको थाहा पाएपछि ‘अब मर्छ, मर्छ’ भनेको पनि धेरै भइसक्यो । मर्ने छाँट त देखिँदैन, बरु । त्यसकारण म अब स्वस्थ छु ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार