काठमाडौं। फिफा विश्वकपको नकआउट चरणमा पुग्ने सबै ३२ वटै टीमको टुंगो लागेको छ। समूह जे का दुई खेलहरु सकिएपछि नकआउट चरण पुग्ने सबै ३२ टोलीको टुंगो लागेका हो ।
पहिलोपटक ४८ टोली सहभागि यस प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलोपटक विश्वकप खेलेको केप भर्डले अन्तिम ३२ मा स्थान बनाएको छ । आयोजक तीन वटै देश नकआउट पुगेका छन् । एसियाली मुलुक दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको छ ।
कुन टीमको प्रतिद्वन्द्वी को ?
ब्राजिल र जापान
नेदरल्यान्ड्स र मोरक्को
जर्मनी र पाराग्वे
फ्रान्स र स्विडेन
दक्षिण अफ्रिका र क्यानडा
आइभरी कोस्ट र नर्वे
मेक्सिको र इक्वेडर
इंग्ल्यान्ड र डीआर कंगो
बेल्जियम र सेनेगल
अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
स्पेन र अष्ट्रिया
पोर्चुगल र क्रोएसिया
स्विट्जरल्यान्ड र अल्जेरिया
अष्ट्रेलिया र इजिप्ट
अर्जेन्टिना र केप भर्डे
कोलम्बिया र घाना
महादेश अनुसार छनोट भएका टिमहरु:
युरोप : १३
अफ्रिका : ९
दक्षिण अमेरिका : ५
उत्तर अमेरिका : ३
एसिया : २


