२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न

साझा पोष्ट
आइतबार, साउन १७ २०८३
  • images
    images
    आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न

    काठमाडौं,साउन १७ ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट सम्पन्न भएको छ।


    images

    होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच अवार्ड समारोह गरिएको थियो। 

    कम्पनीमा आबद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्दै आएको छ। 

    उक्त कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो। अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरुको उपस्थिति थियो।

    आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गरेका, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ।

    उत्कृष्ट अभिकर्ताहरुलाई आईएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्याल तथा निर्देशकहरु, विनोद केसी, उषा ढकाल,सुनील कुमार पोखरेल, सन्दीप अग्रवाल लगायतले अवार्ड वितरण गरेका थिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार