२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

गृह मन्त्रालयमा गरिमाका आमा-बुबाको भिडियो खिचिएकोमा रास्वपा महामन्त्रीको आपत्ति

गृह मन्त्रालयमा गरिमाका आमा-बुबाको भिडियो खिचिएकोमा रास्वपा महामन्त्रीको आपत्ति

साझा पोष्ट
सोमबार, भदौ ८ २०८३
  • images
    images
    गृह मन्त्रालयमा गरिमाका आमा-बुबाको भिडियो खिचिएकोमा रास्वपा महामन्त्रीको आपत्ति

    काठमाडौं,भदौ ८  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गृह मन्त्रालयमा गरिमा चौधरीका आमा–बुबाको भिडियो  खिचिएकोप्रति आपत्ति जनाएका छन् ।


    images

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो कार्य बन्द गरिनु पर्ने बताएका छन् ।  उनले अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएकोमा पनि कडा आपत्ति जनाए । गरिमा चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै उनले प्रश्न उठाए ।

    ‘गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन । तर हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं ?’ उनले भने्, ‘जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र कहीँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्ड (आरोपित) ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’

    प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका–१  की तीन वर्षीया बालिका गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् ।

    गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन् ।  प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए । त्यसको पर्सिपल्ट बालिकाको शव फेला परेको थियो । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार