२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

विपद्का बेला आइएमईमार्फत देश\विदेशबाट निःशुल्क सरकारी कोषमा रकम जम्मा सकिने

विपद्का बेला आइएमईमार्फत देश\विदेशबाट निःशुल्क सरकारी कोषमा रकम जम्मा सकिने

साझा पोष्ट
बिहीबार , भदौ ११ २०८३
  • images
    images
    विपद्का बेला आइएमईमार्फत देश\विदेशबाट निःशुल्क सरकारी कोषमा रकम जम्मा सकिने

    काठमाडौं, भदौ ११ । प्राकृतिक विपद्बाट प्रभावितका लागि विदेशबाट नेपालमा सहयोग रकम पठाउन आइएमईले निःशुल्क सुविधा उपलब्ध गराउने भएको छ।


    images

    आइएमईले शुक्रबार विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने जनाएको हो।

    कम्पनीका अनुसार विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त होस् भन्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको हो।

    नेपालभित्रबाट पनि खल्ती बाइ आइएमईमार्फत सरकारका सम्बन्धित कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

    आइएमईले प्राकृतिक विपद्को कठिन घडीमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न आह्वान गरेको छ। प्रभावित परिवारको दुःखमा साथ दिन तथा राहत र पुनर्स्थापनाका लागि सरकारलाई सहयोग गर्न पनि कम्पनीले अपिल गरेको छ।
    यसैबीच, आइएमई ग्रुपले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।
    ग्रुपले बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ।

    ime.jpg

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार