२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

नेपाली सेना राजनीतिक विवादबाट मुक्त रहनुपर्छ: ओली

नेपाली सेना राजनीतिक विवादबाट मुक्त रहनुपर्छ: ओली

साझा पोष्ट
शुक्रबार, भदौ १९ २०८३
  • images
    images
    नेपाली सेना राजनीतिक विवादबाट मुक्त रहनुपर्छ:  ओली

    काठमाडौं,भदौ १९ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताएका छन्। 


    images

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलंकित र निर्विवाद रहनुपर्नेमा जोड दिए।

    विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भमाथि समेत प्रश्न उठाए। राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गर्दै उनले अहिलेको मुख्य प्राथमिकता राहत र पुनःस्थापना नै हुनुपर्ने बताए। 
    अध्यक्ष ओलीले भने, ‘नेपाली सेना राजनीतिक विवादमा मुसिनै नहुने संस्था हो, तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ। सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुन्छ। अहिलेको समय राहत र उद्धारमा केन्द्रित हुने बेला हो। यससँगै भत्किएका संरचनाको पुनर्निर्माण पनि आवश्यक छ। प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने कार्य भइरहेको छ।’

    अध्यक्ष ओलीले राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि समान्तर रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरे। रसुवाका बाढी र पहिरो प्रभावितका लागि सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अध्यक्ष ओलीले प्राप्त राहत सामग्री हस्तान्तरण गरेका हुन्।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार