२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

गणेश पराजुलीको प्रष्टीकरणः उद्धारमा खटिएका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय भएको छैन

गणेश पराजुलीको प्रष्टीकरणः उद्धारमा खटिएका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय भएको छैन

साझा पोष्ट
आइतबार, भदौ २१ २०८३
  • images
    images
    गणेश पराजुलीको प्रष्टीकरणः उद्धारमा खटिएका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय भएको छैन

    काठमाडौं, भदौ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सुरूङ फसेकाहरुको उद्धारमा खटिएका पार्टीका दुई विज्ञ सांसदलाई फिर्ता बोलाउने औपचारिक निर्णय नभएको प्रष्टिकरण दिएका छन् । 


    images

     सांसदहरू सागर ढकाल र श्रीराम न्यौपाने उद्धार कार्यमा खटिएको सन्दर्भमा उनले दिएको अभिव्यक्तिलाई लिएर ‘पार्टीले फिर्ता बोलाएको’ भन्दै समाचारहरू सार्वजनिक भएपछि पराजुलीले त्यसको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत् प्रष्टिकरण दिएका छन् । 
    ‘पार्टीको केन्द्रीय समिति, सचिवालय वा कुनै पनि तहबाट विपद् प्रभावित क्षेत्रमा खटिनुभएका कसैलाई लक्षित गरी फिर्ता बोलाउने औपचारिक निर्णय वा निर्देशन भएको छैन । यस सम्बन्धमा सिर्जना भएको भ्रमप्रति मेरो ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

    उपनेता पराजुलीले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आफूले व्यक्त गरेको आसयको गलत अर्थ लगाइएको दाबी गरेका छन् । उनका अनुसार फिल्डमा खटिँदा राज्यका सुरक्षा निकाय र उद्धार संयन्त्रको कार्यसम्पादनमा कुनै व्यवधान नपुगोस् र जहाँ जसको सीप एवं विशेषज्ञता आवश्यक छ, त्यहाँ त्यसको अधिकतम उपयोग होस् भन्ने मात्र आफ्नो उद्देश्य हो । 

    ‘मेरो अभिव्यक्तिलाई फरक सन्दर्भ वा अर्थमा बुझिँदा र पार्टीको औपचारिक निर्णय जस्तो गरी समाचार सम्प्रेषण हुँदा भ्रम सिर्जना हुन गयो,’ उनले भनेका छन्, ‘वास्तवमा विभिन्न सीप र विशेषज्ञतासहित खटिनुभएका साथीहरूको योगदानको हामी सम्मान गर्दछौँ ।’

    रास्वपाले विपद्को यस घडीमा पार्टीका साधारण सदस्यदेखि नेतृत्वसम्म सबैलाई राज्यका खोज, उद्धार र राहत कार्यमा सहयोगी बन्न निर्देशन दिएको उनले पुनः स्मरण गराएका छन् । साथै, सम्बन्धित निकायसँग समन्वय गरी नागरिकको जीवन रक्षाका लागि खटिन उनले सबैलाई अपिलसमेत गरेका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार