२०८३, कात्तिक २५ गते

मंगलबार, कात्तिक २५ गते २०८३

मंगलबार, कात्तिक २५ गते २०८३

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

साझा पोष्ट
आइतबार, भदौ २१ २०८३
  • images
    मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई
    images

    काठमाडौं,भदौ २१ ।  मदन पुरस्कार गुठीले वीणा जोशी (राजभण्डारी)को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार २०८२ दिने भएको छ । 


    images

    गुठीको आइतबार बसेको बैठकले यसअघि मदन पुरस्कारका लागि सार्वजनिक गरिएको उत्कृष्ट १० कृतिको श्रेष्ठ सूचीमध्येबाट जोशीको पुस्तकलाई पुरस्कारका लागि छनोट गरेको हो ।

    गुठीका अध्यक्ष कुन्द दीक्षितले जोशीको पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

    त्यस्तै, गुठीले छ दशकदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    खरेलले नेपाली गीत लेखनको क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन् । गुठीले उनको छ दशक लामो गीत लेखन यात्रालाई सम्मान गर्दै जगदम्बा–श्री प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

    मदन पुरस्कार नेपाली साहित्यको प्रतिष्ठित पुरस्कारमध्ये एक हो भने जगदम्बा–श्री पुरस्कार नेपाली वाङ्मय तथा सिर्जनात्मक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार