२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

बलिउड अभिनेता नाना पाटेकरको निधन

बलिउड अभिनेता नाना पाटेकरको निधन

साझा पोष्ट
बिहीबार , असोज २२ २०८३
  • images
    images
    बलिउड अभिनेता नाना पाटेकरको निधन

    काठमाडौं,असोज २२ । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो ।


    images

    आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो ।

    नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा जन्मिएका  नानाले भारतीय सिनेमाका प्रभावशाली अभिनेतामध्ये गनिने नाना पाटेकरले आफ्नो फरक अभिनय शैली र संवाद प्रस्तुतिका कारण छुट्टै स्थान बनाए ।

    नाना पाटेकरले सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै फिल्ममा काम गरे । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’  चर्चित बन्याे । नाना पाटेकरले आफ्नो लामो करियरमा अनेक प्रकारका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित फिल्म हुन् ।

    गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका उनले हास्य तथा व्यावसायिक फिल्ममा पनि उत्तिकै प्रभाव छाडे । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको अर्को पक्ष दर्शकमाझ लोकप्रिय बनायो ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार