२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

नेतृत्व नछोड्ने केपी ओलीको अडान

नेतृत्व नछोड्ने केपी ओलीको अडान

साझा पोष्ट
सोमबार, असोज ५ २०८३
  • images
    images
    नेतृत्व नछोड्ने केपी ओलीको अडान

     काठमाडौं, असोज ५ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने बताएका छन् । उनले यही आसयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेका छन् ।


    images

    उनले पार्टी पनुर्गठनको बहस र मुद्दालाई लहडको विषय नबनाउन चेतावनी दिएका छन् ।उनले भनेका छन ‘के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन ।’

    पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी  नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।

    'म स्पष्ट भन्न चाहन्छु, काम गर्न नसक्ने दिन आएपछि म कसैले धक्का दिनुअघि नै बाटो छोड्न जान्दछु । सङ्गठनले नयाँ नेतृत्व परिपक्व रूपमा तयार गरेको दिन, पार्टीले विधि, समझदारी र भविष्यको सुरक्षासहित सङ्क्रमणको बाटो बनाएको दिन, परिस्थिति  पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प स्थिर भएको दिन, मैले बाटो रोक्ने काम गर्दिनँ। म नेतृत्व हस्तान्तरणको विरोधी होइन । उनले भनको छन, म हस्तान्तरणको नाममा अव्यवस्थाको विरोधी हुँ। म पुस्तान्तरणको विरोधी होइन । म पुस्ताबिच अविश्वास रोप्ने राजनीतिक अधैर्यताको विरोधी हुँ। म रूपान्तरणको विरोधी होइन ।म रूपान्तरणको नाममा पार्टीको मेरुदण्ड भाँच्ने प्रवृत्तिको विरोधी हुँ ।'


    उनले अझ अगाडि भनेका छन, मेरो स्वभावमा केही कुरा छन्, जसलाई कतिले कठोर भन्छन् । म सीधा बोल्छु । कहिलेकाहीँ मेरो शब्द कडा लाग्न सक्छ। तर मेरो नियत पार्टी बचाउने हो। मेरो स्वभाव सम्झौता गर्नेभन्दा पहिले सत्यलाई हेर्ने हो । मलाई झुक्न गाह्रो लाग्छ, किनभने मैले जीवनभर अन्यायसँग झुक्न सिकिनँ।'

     
    उनले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा  इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् । केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन र २०७५ सालसम्मका विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो त्यस्तो नभएको उल्लेख गरेका छन् ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार