२०८३, असोज ११ गते

आइतबार, असोज ११ गते २०८३

आइतबार, असोज ११ गते २०८३

गोकर्ण बिष्टले ओलीलाई सोधे: ७४ मा पहिलो,७९ मा दोस्रो र ८२ मा तेस्रो पार्टी बन्दा पनि सबै ठीकठाक छ ?

गोकर्ण बिष्टले ओलीलाई सोधे: ७४ मा पहिलो,७९ मा दोस्रो र ८२ मा तेस्रो पार्टी बन्दा पनि सबै ठीकठाक छ ?

'संसद पुनर्स्थापनाको आन्दोलन आत्मघाती र विनाशकारी हुन सक्छ'

साझा पोष्ट
बिहीबार , असोज ८ २०८३
  • images
    images
    गोकर्ण बिष्टले ओलीलाई सोधे:  ७४ मा पहिलो,७९ मा दोस्रो र ८२ मा तेस्रो पार्टी बन्दा पनि सबै ठीकठाक छ ?

    काठमाडौं, असोज ८ । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि आन्दोलन गर्ने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा असहमति जनाएका छन् । 


    images

    एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै विष्टले संसद पूनस्थापनाका लागि संघर्ष गर्ने ओलीको लाईनप्रति असहमति जनाएका हुन् । उनले  निर्वाचनमा सहभागी भएर पराजित भैसकेको आठ महिनापछि प्रतिनिधि सभा पुनस्र्थापनाको आन्दोलन उठाउनु राजनीतिक रूपमा उचित र सान्दर्भिक नहुने बताएका हुन्।

    उनले आफूहरू निर्वाचनमा सहभागी नै नभएको भए प्रतिनिधि सभा पुनस्र्थापनाको आन्दोलनको औचित्य हुन सक्ने भएपनि निर्वाचनमा सहभागी भएर जनमतबाट पराजित भइसकेपछि पुनस्र्थापनाको विषय उठाउँदा त्यसले राजनीतिक नैतिकता र औचित्यमाथि प्रश्न उठ्ने तर्फ उनले सचेत गराएका छन् । 

    ‘निर्वाचनमा भाग नलिएको भए पुनर्स्थापनाको कुरा उठाउनु वा आन्दोलनको कुरा गर्नु जायज पनि हुन सक्थ्यो। तर निर्वाचनमा भाग लिएर पराजयको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाको लागि आन्दोलन गर्छौँ भन्नु  राजनीतिक नैतिकता, औचित्य र सान्दर्भिकताको हिसाबले अनुचित छ,’ बिष्टले भने।

    उनले यस्तो लेखन पार्टीका लागि ‘आत्मघाती र विनाशकारी’ हुन सक्ने भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताएका छन्। ’म यो प्रस्तावसँग असहमत छु,’ उनले भने, यो खालको लेखनलाई फिर्ता लिनुपर्छ। 

    प्रतिनिधि सभा पुनस्र्थापनाको विषयसँगै विष्टले पार्टीभित्रको कार्यशैली र निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्।

    अध्यक्षकै सिफारिसमा बनेको लामो समयदेखि प्रतीक्षामा रहेको कार्यदलले सर्वसम्मत रूपमा तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटीमा छलफलका लागि नल्याइएको भन्दै उनले आपत्ति जनाएका छन्।

    कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा ल्याएर छलफल र निष्कर्षमा पुग्नुपर्ने थियो। त्यसो नगर्नु केन्द्रीय कमिटीको अवमूल्यन र अपमान भएको उनको भनाइ थियो।

    पार्टीको शक्ति कमजोर हुँदै जाँदा पनि कसरी सही हुन्छ भन्ने प्रश्न पनि उनले ओलीलाई सोधेका छन् । 

    ’पार्टीको अवस्थाको सन्दर्भमा ०७४ सालको निर्वाचनमा ३३ प्रतिशत, ०७९ मा २७ प्रतिशत र ०८२ मा १३ प्रतिशत मत एमालेले प्राप्त गर्‍यो। ७४ मा संसदभित्र पहिलो पार्टी, ७९ मा दोस्रो पार्टी र ८२ मा तेस्रो पार्टीको रुपमा हामी स्थापित भयौँ। र पनि सबै ठीकठाक छ ?,’ उनले भने।  

    पार्टी सदस्यता नवीकरण पूरा नभएको, धेरै कमिटीमा बहुमतको अवस्था नरहेको र पार्टी जनतासँग जोडिन नसकेको भन्दै उनले अहिलेको शैली, सोच र कार्यपद्धतिबाट पार्टी अघि बढ्न नसक्ने उनको भनाइ छ।
    ‘संख्याले वैधता र शक्ति दिन सक्छ, तर संख्याले सबै समाधान र विवेक दिन सक्दैन,’ उनले भने।

    विष्टले पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिको जिम्मेवारीको अभ्यास कमजोर हुँदै गएको तथा शक्ति केन्द्रीकरणको प्रवृत्ति हाबी भएको पनि बताएका छन्।

    पार्टी सामूहिक रूपमा अघि बढ्न नसके आगामी दिन अझ चुनौतीपूर्ण हुने भन्दै उनले कमजोरीहरूको खुला समीक्षा गरेर सुधार र नयाँ दिशातर्फ अघि बढ्नुपर्ने बताएका छन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार