२०८३, असोज ११ गते

आइतबार, असोज ११ गते २०८३

आइतबार, असोज ११ गते २०८३

प्रधानमन्त्री बालेन अमेरिकाबाट फर्के लगत्तै अर्थमन्त्री वाग्ले कतार प्रस्थान, किन गए ?

प्रधानमन्त्री बालेन अमेरिकाबाट फर्के लगत्तै अर्थमन्त्री वाग्ले कतार प्रस्थान, किन गए ?

साझा पोष्ट
शनिबार, असोज १० २०८३
  • images
    images
    प्रधानमन्त्री बालेन अमेरिकाबाट फर्के लगत्तै अर्थमन्त्री वाग्ले कतार प्रस्थान, किन गए ?

    काठमाडौं,असोज १० । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुनअर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् ।


    images


    उनी कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा मन्त्री वाग्लेसहित अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि सहभागी छन् ।


    बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने बताइएको छ ।


    त्यस्तै, उनले एसियाली पूर्वाधार विकास बैंकका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम  छ ।उक्त भ्रमण सकेर अर्थमन्त्री वाग्ले असोज १४ गते बुधबार स्वदेश फर्कनेछन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार