२०८३, असोज ११ गते

आइतबार, असोज ११ गते २०८३

आइतबार, असोज ११ गते २०८३

एसियन गेम्स:  नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

एसियन गेम्स:  नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

साझा पोष्ट
शुक्रबार, असोज ९ २०८३
  • images
    images
    एसियन गेम्स:  नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

    काठमाडौं,असोज ९ । जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो । 


    images

    अफगानिस्ताले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । सन्दीप जोराले ३४ रन जाेडेर आउट हुँदा रोहित पौडेल ३३ रनमा नटआउट रहे । यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए ।


    त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएकाे थियाे । 

    उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जाेडे । जोड्दा नान्गेलिया खान १७ रनमा नट आउट रहे । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । दोस्रो खेल खेलेको अफगानिस्तानले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो ।

    पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सीधै क्वाटरफाइनलमा राखिएको छ । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् । नेपालले भाेलि जापानकाे सामना गर्नेछ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार