२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

गगनका गुरु श्यामकृष्ण खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

गगनका गुरु श्यामकृष्ण खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    गगनका गुरु श्यामकृष्ण खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

    काठमाडौं, असोज २० नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् ।  गगन थापासँग प्रतिस्पर्धा लागि उनले मनोनयन दर्ता गराएका छन् ।


    images

    खड्गी ४ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी सिद्धार्थ वनस्थलीका पूर्वशिक्षक हुन् ।  विद्यालयमा गगनलाई उनले पढाएका थिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट खड्गी महाधिवेशन प्रतिनिधि छन् । 

    आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र विधि–पद्धति बलियो बनाउने प्रयासका रूपमा लिनुपर्ने उनको भनाइ छ।

    खड्गीले आफू करिब ४० वर्षदेखि लोकतन्त्रप्रति प्रतिबद्ध भएर काम गर्दै आएको दाबी गर्दै निर्वाचनको परिणामलाई आफूले व्यक्तिगत रूपमा महत्त्व नदिने बताए। ‘विजय-पराजय जे भए पनि मतलव छैन, म कांग्रेसलाई बलियो बनाउन आएको हुँ’, भन्दै उनले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार