२०८३, असोज २८ गते

बुधबार, असोज २८ गते २०८३

बुधबार, असोज २८ गते २०८३

भोटेकोशी बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु भइसक्योः उर्जा मन्त्रालय

भोटेकोशी बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु भइसक्योः उर्जा मन्त्रालय

साझा पोष्ट
मंगलबार, असोज २७ २०८३
  • images
    images
    भोटेकोशी बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु भइसक्योः उर्जा मन्त्रालय

    काठमाडौं,असोज २७ ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ९९ प्रतिशत स्थानमा विद्युत सेवा सुचारु भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।


    images


    मंगलवार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिएका हुन्  । उनकाअनुसार अब रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत जडान हुन बाँकीछ । उनले उक्त क्षेत्रमा विद्युत जडान गर्न प्रशारण लाइनसमेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत सेवा सुचारु गर्न कठिन भएको बताए । उक्त क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जाको व्यवस्था गरिएको सचिव कर्माचार्यले बताए। 


    उनले भने  ‘बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिव ९९ प्रतिशत क्षेत्रमा विद्युत सुचारु भइसकेको छ । अहिले रसुवाको करिव ८० घरधुरीमा मात्र विद्युत जडानको कार्य बाँकी छ । त्यहाँ नजिकै ट्रान्समिसन लाइनहरु समेत बनाउनुपर्ने भएको कारण हामीले त्काल सम्भव नदेखेको हो । त्यो क्षेत्रको लागि हामीले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट सोलारको माध्यमबाट व्यवस्था गरेका छौँ । विद्युत आयोजनाको सुरुङमा हाम्रो ९ सय ९० जनाभन्दा बढी बेपत्ता भएका छन् । राज्यले अथक प्रयास गर्दा पनि जम्मा ३ जनाको मात्रै उद्धार गर्न सक्यो । बाँकी कोही पनि भेटिने सम्भावना पनि कम हुँदै गएको छ । अब हामीले उर्जा क्षेत्रको पुनःसंरचना निर्माणको लागि एउटा कार्ययोजना नै बनाउनुपर्नेछ ।’

    उनले बाढीले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको पुनःनिर्माणका कार्ययोजना निर्माणको काम भइरहेको समेत बताए । उनले बाढीले निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित  दर्जन बढी जलविद्युत आयोजनामा ठूलो क्षति भएको विवरण समेत समितिसमक्ष पेश गरे ।उनले अगामी दिनमा नदी करिडोरका आयोजना जलवायु अुनकूल बनाउनुपर्नेमा जोड दिए। –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार