२०८३, कात्तिक ३ गते

सोमबार, कात्तिक ३ गते २०८३

सोमबार, कात्तिक ३ गते २०८३

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

साझा पोष्ट
आइतबार, कात्तिक २ २०८३
  • images
    images
    कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

    काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।


    images

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिएका हुन् ।


    विज्ञप्तिमा भनिएको छ, 'यो बर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ । भोटेकोसीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र ५ हजार बढी बेपत्ता रहेकोे अवस्था छ भने बुढिगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ । यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ ।'

    शोकको यो घडीमा चाडपर्व मनाइरहँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सिमित रहेर मनाउन पनि सभापति गगन कुमार थापाले आग्रह गरेकाे समेत दुलालले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार