२०८३, कात्तिक ४ गते

मंगलबार, कात्तिक ४ गते २०८३

मंगलबार, कात्तिक ४ गते २०८३

महत्त्वपूर्ण खेलमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

महत्त्वपूर्ण खेलमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

साझा पोष्ट
सोमबार, कात्तिक ३ २०८३
  • images
    images
    महत्त्वपूर्ण खेलमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं,कात्तिक २ । नेपालले विश्वकप लिग २ को निकै महत्वपूण खेलमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । अल अमिरात मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ रोजेपछि आशिफ शेख र देव खनालले नेपालको इनिङ शुरु गरेका छन् । 


    images

    ओमानलाई पराजित गर्नसके नेपालले लिग-२ को शीर्ष ६ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ।
    अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। शृंखलाको पछिल्लो खेलमा क्यानडाविरुद्ध २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो।

    छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले खेल रद्द भएर एक अंक पाए पनि नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना छ।

    तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यमा मैदान उत्रनेछ।नेपालले यसअघि शृंखलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले पराजित गरेको थियो। अब नेपाली टोली सोमबार पनि उत्कृष्ट प्रदर्शन गरेर ओमानविरुद्ध जितकाे खाेजीमा छ  । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र ओमानबिच हालसम्म १२ खेल भएकामा  दुवैले समान ६–६ खेल जितेका छन्। पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको छ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार