काठमाडौं,कात्तिक २। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ ।



