२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

एनपीएलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गर्ने क्यानकाे घाेषणा

एनपीएलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गर्ने क्यानकाे घाेषणा

साझा पोष्ट
मंगलबार, कात्तिक ४ २०८३
  • images
    images
    एनपीएलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गर्ने क्यानकाे घाेषणा

    काठमाडौं, कात्तिक ३  । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ ।


    images

    नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने घोषणा गरेको हो । 
    डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ ।

     

    क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ ।

    यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।

    क्यानका सचिव पारस खड्काले  दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको र अब त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिने कुरा पारसले उल्लेख गरेका थिए । त्यही तयारी पुराभएपछि क्यानले डिआरएस प्रयोग गर्ने घोषणा गरेको हो । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार