२०८३, कात्तिक ७ गते

शुक्रबार, कात्तिक ७ गते २०८३

शुक्रबार, कात्तिक ७ गते २०८३

रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

साझा पोष्ट
बिहीबार , कात्तिक ६ २०८३
  • images
    images
    रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । 


    images

    लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन हो । 

    भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

    तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार