काठमाडौं,कात्तिक १ । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको बलियो लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो । रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए । दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए ।
ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए । बसिर अहमदले ७ बलमा १७ रन हाने । करण केसीले ९ रन जोडे ।




