२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

विराटनगर लगातार दोस्रो खेलमा पराजित

साझा पोष्ट
बिहीबार , कात्तिक १३ २०८३
  • images
    images
    सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

    काठमाडौं, कात्तिक १२ ।  नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्सले  विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । विहीवार विराटनगरले दिएको १८७ रनको लक्ष्य  कर्णालीले एक बल बाँकी छँदा पूरा गर्यो । उसको जितमा कप्तान सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरे । बलिङमा चार विकेट लिएका सोमपालले ब्याटिङमा आक्रामक अर्धशतक बनाए । 


    images

    कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन नटआउट रहे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको साझेदारी गरे । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे । 

    अन्तिम ओभरमा कर्णालीलाई जितकालागि ८ रन आवश्यक थियो । पहिलो बलमा सोमपालले एक रन लिए । गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन लिए ।  चौथो र पाँचौ बलमा दुईदुई रन लिँदै सोमपालले कर्णालीलाई रोमाञ्चक जित दिलाए ।

    त्यसअघि सोमपालले छैटौं विकेटका लागि पवन सर्राफसँग ६६ रनको साझेदारी गरेका थिए । पवन २८ बलमा ३६ रन बनाएर आउट भए । अरिफुल इस्लामले ३२ र दीपक डुम्रेले २० रनको योगदान गरे । कर्णालीले ५ विकेट सस्तैमा गुमाएपछि  कर्णालीलाई सोमपाल र पवनले कर्णालीलाई सम्हालेका थिए । सोमपाल अन्तिमसम्मनै क्रिजमा टिकेर जित दिलाए । 

     

    बलिङमा एन्जेलो म्याथुजले सर्वाधिक ३ विकेट लिए । चरिथ असलंंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

    त्यसअघि  कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले  ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो  । ओपनर लोकेश बमले आक्रामक खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।

    यस्तै, एन्जेलो डेभिस म्याथ्युजले २३ बलमा ३१ तथा आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे ।

     कर्णालीका कप्तान सोमपाल कामीले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट हात पारे ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार