२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

सुदूरपश्चिममाथि विराटनगरको शानदार जित

सुदूरपश्चिममाथि विराटनगरको शानदार जित

साझा पोष्ट
आइतबार, कात्तिक १६ २०८३
  • images
    images
    सुदूरपश्चिममाथि विराटनगरको शानदार जित

    काठमाडौं, कात्तिक १४ ।  विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ ।तेस्रो सिजनमा विराटनगरको यो पहिलो जित हो ।


    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर मात्रै ७० रन बनाउन सक्यो । वर्षाका कारण खेल पाँच ओभरमा छोट्ट्याइएको थियो ।

    सुदूरपश्चिमलाई सस्तैमा रोक्न विराटनगरका आन्द्रे रसेल, रुपेस सिंह र एञ्जेलो म्याथ्युजले समान एक विकेट लिए । 

    सुदूरपश्चिमका निम्ति स्कट कुगेलेइनले सर्वाधिक २८ रन बनाए । आरिफ शेख र सैफ जैबले समान १७ रन जोडे । 

    त्यसअघि, टस हारेर ब्यटिङ गरेको विराटनगरले सुदूरपश्चिमविरुद्ध पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका सेहन जयसुर्याले ३९ रनको योगदान गरे । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । आन्द्रे रसेलले १० बलमा २९, लोकेश बमले १० बलमा २५ रन बनाए । 

    सुदूरपश्चिमका अभिनाश बोहराले दुवै विकेट लिए । विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो । कात्तिक १२ गते भएको खेलमा कर्णाली याक्ससँग चार विकेटको पराजय भोगेको थियो ।

    सुदूरपश्चिमले भने जारी प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । टोलीले लुम्बिनी लायन्ससँग पहिलो खेल हार्दा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार