२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

समाचार कक्षमा प्रवेश गरेर पत्रकार पक्राउ गरिएकाेमा महासंघको आपत्ति

समाचार कक्षमा प्रवेश गरेर पत्रकार पक्राउ गरिएकाेमा महासंघको आपत्ति

साझा पोष्ट
शुक्रबार, कात्तिक १४ २०८३
  • images
    images
    समाचार कक्षमा प्रवेश गरेर पत्रकार पक्राउ गरिएकाेमा महासंघको आपत्ति

    काठमाडौं, कात्तिक १३ ।  नेपाल पत्रकार महासंघले समाचार कक्षमा प्रवेश गरेर पत्रकारहरू पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।


    images

    "प्रेस स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गर्दै समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघ घोर आपत्ति प्रकट गर्दछ," महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    उनले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी पक्राउ गरिएको जनाएका छन् । "यस्तै नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघ निन्दा र खेद व्यक्त गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

    "समाचारको विषयमा कुनै समस्या भए विधिबमोजिम समाधान खोज्न छोडेर राज्य आतंक सिर्जना गर्नु शोभनीय विषय होइन," महासंघले भनेको छ, "यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन, संविधान र कानुनविपरीत रहेको महासंघको ठहर छ ।"

    महासंघले क्षेत्राधिकार मिचेर यो स्वैच्छाचारी कमद चालिएको भन्दै खेद प्रकट गरेको छ । "महासंघ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा प्रहरीले अपनाएको स्वेच्छाचारी कदमप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ । र, आमपत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्य आतंकविरुद्ध खबरदारी गर्न आहृवान गर्दछ । र, महासंघ धरपकडका विरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ," वक्तव्यमा भनिएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार