२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा आजदेखि शुल्क संकलन

नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा आजदेखि शुल्क संकलन

साझा पोष्ट
आइतबार, कात्तिक १६ २०८३
  • images
    images
    नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा आजदेखि शुल्क संकलन

    काठमाडौं,कात्तिक १५ । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो । सूचनाअनुसार वर्ग १ अर्थात् कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।त्यस्तै, वर्ग २ अर्थात् मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।वर्ग ३ अर्थात् बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । वर्ग ४ अर्थात् मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार