२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी मुस्ताङको होटेलबाट पक्राउ

जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी मुस्ताङको होटेलबाट पक्राउ

साझा पोष्ट
शनिबार, कात्तिक १५ २०८३
  • images
    images
    जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी मुस्ताङको होटेलबाट पक्राउ

    काठमाडौं, कात्तिक १४ । जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् । 


    images

    लमजुङको मर्स्याङ्दीमा होटेल सञ्चालन गर्दा आफ्नै होटेलकी १६ वर्षीया नवबालिकामाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले उनलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो ।

    २०८२ साउनमा वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई कास्की स्थानान्तरण गरिएको थियो । तर भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारमा अशान्त स्थिति सिर्जना भएपछि उनी फरार भएका थिए ।

    भदौ २५ गते बेलहिया नाका हुँदै भारत पुगेका घिमिरेले बम्बई र दिल्लीका होटेलमा परिचय बदलेर काम गरे । दिल्लीमा भेटिएका साथीको सल्लाहमा उनी पुस महिनामा नेपाल फर्केर उपल्लो मुस्ताङ पुगे । 

    वारागुङ मुक्तिक्षेत्र-२, चैलेस्थित ‘प्रमिसा होटेल’ मा ९ महिना र पछि ‘लिवन रेष्टुरेन्ट’ मा पहिचान लुकाएर काम गरिरहेका थिए । नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा खटिएको विशेष टोलीले कात्तिक १३ गते उनलाई लिवन रेष्टुरेण्टबाट नियन्त्रणमा लिई कात्तिक १४ गते पुनः कास्की कारागार बुझाएको छ । कास्कीबाट भागेका ७५३ कैदीमध्ये ११ विदेशीसहित ११० जना अझै फरार रहेकाले प्रहरीले विशेष खोजी अभियान जारी राखेको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार