२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

रास्वपाले आईजीपी कार्कीलाई हटाउन निर्देशन दिएको सरकारका प्रवक्ताको दाबी

रास्वपाले आईजीपी कार्कीलाई हटाउन निर्देशन दिएको सरकारका प्रवक्ताको दाबी

साझा पोष्ट
बुधबार, कात्तिक १९ २०८३
  • images
    रास्वपाले आईजीपी कार्कीलाई हटाउन निर्देशन दिएको सरकारका प्रवक्ताको दाबी
    images

    काठमाडौं, कात्तिक १८ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी९रास्वपा०बाट पनि निर्देशन आएको  बताएका छन् ।


    images


     मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले आईजीपी हटाउन पार्टीले भनेको बताएका हुन् । 


    ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’मन्त्री पोखरेलले भने, ‘त्यसैले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो । तर प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने पनि संवेदनशील जिम्मेवारी हो ।’

    उनले आईजीपी कार्कीमाथि कारबाही नगरिएको पटक–पटक दोहोर्याए । ‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो । उहाँलाई सुरक्षा सल्लाहकार पदमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । कारबाही भएकै छैन । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने हो,’ मन्त्री पोखरेलले भने ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार