२०८३, कात्तिक २२ गते

शनिबार, कात्तिक २२ गते २०८३

शनिबार, कात्तिक २२ गते २०८३

देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ: प्रधानमन्त्री

देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ: प्रधानमन्त्री

साझा पोष्ट
बिहीबार , कात्तिक २० २०८३
  • images
    देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ:  प्रधानमन्त्री
    images

    काठमाडौं, कात्तिक १९ ।  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।


    images


    ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन् !’उनले अगाडि लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले दिएको यो अभिव्यक्तिलाई धेरैले लामिछाने लक्षित टिप्पणीका रूपमा व्याख्या गरेका छन् ।

    सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने सरकारको निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । रास्वपाका अन्य नेताहरूले पनि उक्त निर्णयबारे पार्टीसँग सरकारले छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार