२०८३, कात्तिक २३ गते

आइतबार, कात्तिक २३ गते २०८३

आइतबार, कात्तिक २३ गते २०८३

एआईले पत्रकारलाई विस्थापित गर्न नसक्ने सञ्चार क्षेत्रका नेताहरूको धारणा

एआईले पत्रकारलाई विस्थापित गर्न नसक्ने सञ्चार क्षेत्रका नेताहरूको धारणा

साझा पोष्ट
आइतबार, कात्तिक २३ २०८३
  • images
    एआईले पत्रकारलाई विस्थापित गर्न नसक्ने सञ्चार क्षेत्रका नेताहरूको धारणा
    images

    काठमाडौं, कात्तिक २२ । कृत्रिम बुद्धिमत्ता (एआई) ले समाचार उद्योगमा व्यापक परिवर्तन ल्याइरहेका बेला पत्रकारको मानवीय भुमिका र व्यावसायिक जिम्मेवारीलाई प्रविधिले विस्थापित गर्न नसक्ने सञ्चार क्षेत्रका नेताहरूले बताएका छन् ।


    images

    चीनको बेइजिङमा शनिवार शुरु भएको सातौँ विश्व सञ्चारमाध्यम सम्मेलनको पूर्ण सत्रमा सहभागी प्रतिनिधिहरूले एआईले पत्रकारितामा सिर्जना गरेका अवसर र चुनौतीबारे छलफल गर्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका हुन् । ‘बौद्धिकताको युगमा सञ्चारमाध्यमः सहमतिदेखि कार्यान्वयनसम्म’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा समाचार उत्पादन, सम्पादन, अनुवाद तथा वितरणमा एआईको बढ्दो प्रयोगबारे चर्चा गरिएको थियो ।

    इजिप्टको राज्य सूचना सेवाका अध्यक्ष अलाअ अल–दिन जकारिया युसेफले एआईले समाचार अनुवादमा गति प्रदान गर्न सक्ने भए पनि त्यसको सन्दर्भ, संस्कृति र कुटनीतिक संवेदनशीलता जोगाउन अनुभवी अनुवादक तथा सम्पादकको भूमिका महत्वपूर्ण हुने बताए ।

    त्यस्तै, भियतनाम समाचार एजेन्सीकी महानिर्देशक भु भियत ट्राङले प्रविधिले पत्रकारलाई प्रतिस्थापन गर्न नसक्ने बताइन् । संवाददाताहरू जनताको नजिक रहेर महत्वपूर्ण घटना र समाचार सङ्कलनमा अग्रपङ्क्तिमा रहने उल्लेख गर्दै उनले प्रत्येक समाचारको पछाडि मानवीय ज्ञान, व्यावसायिक निर्णय क्षमता र जिम्मेवारी रहने धारणा राखिन् ।

    बुरुन्डीका राष्ट्रपतिका प्रवक्ता न्यान्सी–निनेटे मुटोनीले नयाँ सञ्चारमाध्यम र एआईको तीव्र विकासबाट उत्पन्न चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, तालिम र प्रविधि आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । सिन्ह्वा समाचार एजेन्सी र बेइजिङ महानगर सरकारको संयुक्त आयोजनामा भइरहेको सम्मेलन नोभेम्बर ५ देखि ९ सम्म सञ्चालन हुनेछ ।

    सम्मेलनमा विभिन्न देशका सञ्चारमाध्यमका प्रतिनिधिहरूले एआई युगमा पत्रकारिताको भविष्य, प्रविधिको जिम्मेवार प्रयोग र अन्तर्राष्ट्रिय सञ्चार सहकार्यका विषयमा छलफल गरिरहेका छन् । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार